Section 15
मतगणना स्थलमा अनधिकृत रुपमा प्रवेश गर्न नहुने
(१) उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि वा आयोगबाट अनुमति प्राप्त व्यक्ति बाहेक अन्य कुनै पनि व्यक्ति मतगणना स्थलमा प्रवेश गर्न हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई निर्वाचन अधिकृत वा अनुगमनकर्तालेपन्ध्र हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।